तपाईँ सुन्दै हुनुहुन्छः

साइपाल गाँउपालीकामा आँखा शिविर, ५५ जनाको अप्रेशन  

बझाङ । बझाङको साइपाल गाँउपालीकामा भएको तिन दिने आँखा शिविरमा ५५ जना आँखाका विरामीहरुको सफल अप्रेशन गरिएको छ ।

त्यहाँका अन्य १ हजार भन्दा बढी स्वास्थय समस्या भएका महिला पुरुष बृद्ध बालबालीकाहरुको पनि विषेयज्ञ डाक्टरहरुको टोलीले उपचार गरेका छन् ।

तिलगंगा आँखा अस्पताल काठमाण्डु, सुदुरपश्चिम प्रदेश सरकार, गेटा आँखा अस्पताल धनगढी, साइपाल गाँउपालीका, जिल्ला अस्पताल बझाडको सहकार्यमा शनिवारवाट शिविर संचालन भएको हो ।

सदरमुकाम चैनपुरदेखि माथी गाडी पुग्ने ठाँउ रुपातोलाबाट साइपाल गाँउपालीका पुग्न ३।४ दिन पैदल हिड्नुपर्ने समस्या भएकाले यसपाली प्रदेश सरकारवाट सिम्रीक एअरको हेलिकप्टर तिन दिनसम्म रिर्जव गरी डाक्टरहरुको टोलीसहित अन्य औषधी सामाग्रीहरु हेलिकप्टरवाटै ढुवानी गरिएको थियो ।

जिल्लाको सबैभन्दा दुर्गम विकट तिव्वतसंग जोडिएको यस गाँउपालीकामा शिविर संचालन भएर स्थानियहरु लाइ धेरै सुविधा भएको गाँउपालीका अध्यक्ष राजेन्द्र धामीले वताउनु भयो । साविसको काँडा गाँविस रहेको यस पालीकामा एक गाँउ वाट अर्को गाँउ जान पनि एक दिन लाग्द छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button