तपाईँ सुन्दै हुनुहुन्छः

लामो समयपछि पढ्न पाउँदा बहिरा बालबालिका हर्षित

भोजपुर । कोरोना संकटका कारण बन्द भएको बिद्यालय लामो समयपछि खुलेपछि भोजपुरका बहिरा बालबालिकाहरु हर्षित भएका छन ।

कोरोना महामारीका कारण करिब ७ महिनादेखि विद्यालय जान नपाएका बालबालिका साथीसगैं बसेर पढ्न पाएपछि हर्षित बनेका हुन् । भोजपुर नगरपालिकाले बन्द रहेका बिद्यालयहरुमा सामाजिक दुरी र स्वास्थ्य सावधानी अपनाउँदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि नगर क्षेत्रका बिद्यालयहरुमा हाल पठनपाठन भइरहेको छ ।

सदरमुकाममा रहेको भोजपुर बहिरा आवासीय विद्यालयका विद्यार्थी अहिले साथीसगैं बस्ने, विद्यालय परिसरमै खेल्ने गरेको विद्यालयका शिक्षक सिताराम ओझा बताउनुहुन्छ । धेरैजसो विद्यार्थी आएको बताउँदै ओझाले नियमित पठनपाठन सुरु गरिएको बताउनु भयो ।

कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै गए पनि सावधानीपूर्वक विद्यालय सञ्चालन गरिएको ओझाले बताउनु भयो । एक बेन्चमा दुरी कायम गर्दै २ जना बिद्यार्थी राखेर पठनपाठन शुरु गरिएको विद्यालयका शिक्षकहरुको भनाई रहेको छ ।

विद्यालयमा हाल १५ जना विभिन्न स्थानीय तहबाट समेत आएका बहिरा विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button