तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत प्राधिकरणको सवस्टेशन तनहुँको खैरेनीटारमा

तनहुँ । नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले ग्राहकहरुको सेवालाई प्रभावकारी बनाउन तनहुँको खैरेनीटारमा सवस्टेशन स्थापना गरि सेवा सुरु गरेको छ ।

सवस्टेशन (नोलाइट तथा महसुल काउन्टर) आइतबार उद्घाटन गर्दै प्राधिकरणका गण्डकी प्रादेशिक प्रमुख टेकनाथ तिवारीले विद्युत सेवा लिने ग्राहकहरुले भोगेका समस्या समाधान हुने विस्वास व्यक्त गर्नुभयो । तिवारीले देशबाट लोडसेडिङ हटिसकेकाले अब विद्युत वितरणको गुणस्तरीेयतामा ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो ।

लेखनाथ वितरण केन्द्रका प्रमुख नविन कुमार लाभले उपभोक्ताहरुलाई वितरण केन्द्रबाट प्राप्त हुने सम्पुर्ण सेवा सवस्टेशन मार्फत दिन पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका ५ का वडाध्यक्ष दिर्घ थापा, वडा न ६ वडासदस्य बुद्धि थापाले सामान्य सेवाका लागि समेत तालचोक जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै खुशी ब्यक्त गरे ।

यस अघि विद्युतीय माध्यमबाट कोरोबार हुने भएपनि काउन्टरमै गएर महसुल भुक्तानी गर्नेहरुका लागि तालचोक जानु पर्ने बाध्यता रहेको थियो ।

सोही क्रममा केन्द्रका प्रदेश प्रमुख तिवारीले अबको कारोबार प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिदैँ बिल भुक्तानीका लागि काउन्टरमै नगई इ–सेवा तथा मोबाइल बैकिङ प्रणाली प्र्रयोग गर्न सुझाव दिए ।

शुक्लागण्डकी ५ झरौटास्थित जिपि कोइराला अस्पताल पछाडी निमार्ण गरिएको सवस्टेशन गत वर्षको पुसदेखि नै संचालनमा आएको थियो । विद्युतभार कटौती गर्ने गरी खैरेनीटार झरौटामा आठ एमबिएको सवस्टेशन निमार्ण गरिएको हो ।

यस सवस्टेशनबाट तनहुँका शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङका साथै नवलपुरको बौद्धिकाली र बुलिङटारका गरी करिब २५ हजार बढी सेवाग्राही लाभान्वित हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button