ताप्लेजुङमा सोमबार साँझदेखि पूर्णीमासम्म निषेधाज्ञा
ताप्लेजुङ । ताप्लेजुङ प्रशासनले आज (सोमवार) बाट पूर्णीमा सम्म निषेधाज्ञ जारी गरेको छ ।
जिल्लाभरी साँझ ८ बजेदेखि बिहान ५ बजे सम्म हिँडडुल, बजार र छोटो दुरीका यातायातका साधन सञ्चालन गर्न नपाइने गरी निशेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञाप्ती जारी गरी जिल्ला भरका सबै मठमन्दिर, गुम्बा, चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजार प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भइ पूजा, प्रार्थना, भजन किर्तन, बली पूजा, मूर्ति बिर्सजन लगायतका कार्य गर्न नपाइने भएको छ ।
चाडपर्वको रुपमा सामूहिक रुपमा भेला भइ शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमहरु समेत गर्न नपाइने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्