सङ्कटकाल कफ्यू लाग्ने हल्ला निराधारः गृह मन्त्रालय

काठमाडौँ । मोबाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट सुरक्षा संवेदनशील विषय समेतलाई जोडी सङ्कटकाल कफ्यू लाग्ने भन्ने सूचना आएकाले त्यो निराधार, हल्ला र भ्रमपूर्ण रहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गदै त्यो सबै हल्ला, निराधार र भ्रमपूर्ण रहेको र त्यस प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । साथै गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया समेत अगाडी बढाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै मन्त्रालयले त्यस्तो भ्रममा नपर्न समेत सबैलाई आग्रह गरेको छ ।
आजै मात्र विभिन्न व्यक्तिको मोबाइलमा सुरक्षाका कारण सङ्कटकाल र कफ्यू लाग्ने भनी भ्रमपूर्ण सूचना तथा समाचारहरू आएको थियो ।









प्रतिक्रिया राख्नुहोस्