तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणाली मार्फत वितरण शुरु

अछाम । अछामको चौरपाटी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ । सरकारको नीतिलाई आत्मसाथ गर्दै राज्यकोे सम्पत्तिलाई पादर्शितता तथा आर्थिक हिनामिना रोक्नका लागि गाउँपालिकाले बैँकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको गाउँ पालिकन अध्यक्ष हर्क बहादुर साउँदले बताउनुभयो ।

अध्यक्ष साउदले बैँकिङ प्रणाली मार्फत भत्ता वितरण गर्दा लाभग्राहीलाई क्षणिक समय अप्ठ्यारो महशुस भए पनि प्रणालीमा गईसके पछि लाभग्राहीको हातमै भत्ता सुरक्षित साथ पुग्ने बताउनुभयो । यसअघि बैँकिङ प्रणालीका लागि पटक पटक प्रयास गरे पनि चालुआर्थिक बर्षमा मात्र सम्भव भएको अध्यक्ष साउदको भनाई रहेको छ ।

सामाजिक सुरक्षा भत्ता बैँक मार्फत भूक्तानी गर्दा लाभग्राही दोहोरिने, दोहोरो सेवा सुविधा लिने, अर्काको भत्ता बुुझ्ने, गलत हस्ताक्षर गरी रकम हिनामिना हुने लगायतका समस्याको अन्त्य हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाको भनाई रहेको छ । गाउँपालिकाको समन्वयमा पालिकाका सात हजार १० जना लाभग्राहीको सेञ्चुरी कमर्सियल बैँकसँग समन्वय गरी खाता सञ्चालन गरी लाभग्राहीको खातामा रकम हालि सकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनुुभयो ।

यस पहिले शिविर सञ्चालन गरी खाता खोलेका लाभग्राही बाहेक अन्य लाभग्राहीको गाउँपालिकाले खाता खोलि दिए पनि त्यस्ता लाभग्राहीले भने नागरिकताको प्रतिलिपी, सामाजिक सुरक्षा परिचयपत्रको प्रतिलिपी, हालसालै खिचिएको दुुई प्रति पासपोर्ट साइज फोटो तथा वालवालिका र फरक क्षमता भएका ९अपांगता० को हकमा संरक्षक वा आमारबुवाको नागरिकताको प्रतिलिपि बैँकलाई उपलब्ध गराए सोहि समयमा रकम भूक्तानी गर्न सकिने सेञ्चुरी बैँक चौरपाटी शाखाले जनाएको छ ।

कोभिडका कारण सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाका लाभग्राहीलाई फरक फरक दिनको समय तोकि रकम भूक्तानी गरिने सेञ्चुरी बैँक चौरपाटी शाखा प्रमुख अर्जुन कुमार वनले जानकारी दिनुुभयो ।

अछामका मंगलसैन नगरपालिका, साँफेबगर, कमलबजार लगायतका स्थानीय तहमा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिन थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button