आईसियू र भेन्टिलेटर थप गर्न प्रदेश सरकारलाई आग्रह
रुपन्देही- रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भेन्टिलेटर र आईसियूका बेड थप गर्न लुम्बिनी प्रदेश सरकारसँग आग्रह गरेको छ । रुपन्देहीलगायत यो प्रदेशमा संक्रमणको उच्च जोखिम बढेको र सबै अस्पतालमा आईसियु र भेन्टिलेटर अभाव भएकाले तत्काल व्यवस्थापनका लागि पहल गर्न आग्रह गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
आईसियू र भेन्टिलेटर बेड थपका लागि मापदण्ड पुग्ने नगरभित्रका जुनसुकै भवन उपलब्ध गराउन तयार रहेको बताउँदै प्रमुख सुवेदीले आवश्यक जनशक्ति र बजेट व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उपमहानगरको ६८ औं कार्यपालिका बैठकले जनस्वास्थ्यमा थप संवेदनशील बन्न प्रदेश सरकारलाई आग्रह गर्दै सहकार्य र समन्वयका लागि तयार रहेको निर्णय गरिएको सुवेदीले जानकारी दिनुभयो ।
४
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आ.व. २०७६।०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।प्रदेश प्रमुख कार्यालयका नि.सचिव चिरन्जिवी पौडेलका अनुसार मुख्य न्यायाधिवक्ता डिसीले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ को उपदफा (१) मा मुख्य न्यायाधिवक्ताको कार्यालय र मातहतका अन्य न्यायाधिवक्ताको काम कारवाहीको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरिएको पौडेलले जानकारी दिनुभएको छ ।
रुपन्देही– किसानले बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्राप्त गर्न नसकेको गुनासोलाई सम्बोधन गर्न लुम्बिनी प्रदेश सरकारले सबै जिल्लामा शुभल कर्जा सहजकर्ता नियुक्ति गरेको छ ।
किसान र बैंकहरुको बीचमा पुलको काम गर्न प्रदेशका १२ जिल्लामा एक एक जना सहजकर्ता नियुक्त गरी परिचालन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले जानकारी दिनुभयो ।
सरकारले किसानका लागि विभिन्न शीर्षकमा छुट्टाएको अनुदान तथा सहुलियतलाई वास्तविक किसानसमक्ष पुराउन यो योजना अगाडि सारिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभयो ।
वास्तविक किसानले सहजरुपमा कर्जा नपाइरहेको गुनासो आइरहेको भन्दै यसलाई सम्बोधन गर्नको लागि प्रदेश सरकारको योजनामा मन्त्रालयले यो कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्