वैज्ञानिक भूमि व्यवस्थापन आवश्यकः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताउनुभएको छ ।
‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एशिया एण्ड द प्यासिफिक’को अन्तराष्ट्रिय साधारणसभालाई आईतबार विद्युतीय माध्यमबाट सम्बोधन गर्दै मन्त्री अर्यालले भूउपयोग ऐनमार्फत जमिनको वैज्ञानिक वर्गीकरण र वर्गीकरण अनुसारको भूमीको उपयोगका लागि मन्त्रालयले गृहकार्य अगाडी बढाएको बताउनुभयो ।
कृषि उत्पादन बढाउन सहकारीमार्फत व्यवसायिक र सामूहिक खेती गर्ने कार्यलाई अगाडी बढाइएको उल्लेख गर्दै मन्त्री अर्यालले जमिनको चक्लाबन्दी, उत्पादनशील रोजगार सिर्जना गरी जीवनस्तर सुधार गर्न परम्परागत ज्ञान र सीपलाई प्रवद्र्धन गर्नुपर्ने पनि बताउनुभयो ।
गरिबी निवारण मन्त्री अर्यालले सरकारलेसीपमा आधारित उद्यमशिलतामा सहुलियत कर्जाको व्यवस्थाका कार्यक्रमहरु ल्याउने तयारी गरेको बताउनुभयो ।
उहाँले उद्यमशिलताका निम्ती सहुलियत कर्जाको व्यवस्था गर्दैे गरिब वर्गको जीवनस्तर माथि उठाउनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्