उपचारको क्रममा दुई कोरोना संक्रमितको मृत्यु
सुनसरी । विराटनगरका २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर १२ का पुरुष र नोबेल मेडिकल कलेजमा विराटनगर ७ का पुरुषको मृत्यु भएको हो ।
शनिबार राति बिराटनगर महानगरपालिका १२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
संक्रमित पुरुषको शनिबार राति १०ः५५ बजे मृत्यु भएको हो ।
यस्तै विराटनगर ७ का ८६ वर्षीय पुरुषको नोबेल मेडिकल कलेजमा आइतबार विहान ९ बजे मृत्यु भएको छ ।
क्यान्सर रोगबाट पीडित रहेका उनलाई कोरोना देखिएपछि असोज २५ गते भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्