तपाईँ सुन्दै हुनुहुन्छः

देशकै सबैभन्दा ठुलो पदमार्ग बनाइदैँ

बैतडी । पर्यटन प्रर्वद्धनका लागि बैतडीमा समुदायस्तरबाटै नेपालकै सबैभन्दा बढी सिंढी भएको पदमार्ग निर्माणको कामको सुरुवात भएको छ । दशरथचन्द नगरपालिका ४ स्थित प्रसिद्ध ईश्वरीगंगाधाम देखि जगन्नाथ मन्दिर जोड्ने पदमार्ग निर्माण सुरु भएको हो ।

‘एक व्यक्ती एक सिंढी अभियान ’ सञ्चालन गरेर ८ हजार ८ सय ४८ सिंढी निर्माण गरिने ईश्वरीगंगा धाम–जगन्नाथ मन्दिर गढी पदमार्ग निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिनुभयो । उक्त पदमार्गको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । कुल २ हजार १ सय २१ मिटर लम्बाई रहेको उक्त पदमार्ग निर्माण गर्न १० करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button