पर्सा, बारा र सर्लाहीका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणको क्रममा पसार्, बारा, र सर्लाहीका गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराति गरिएको परिक्षणमा पर्साका पाँच, बाराका सात र सर्लाहीका एक जना गरी जम्मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेस कुमार चौरसियाले बताउनुभयो ।
पर्साका विभिन्न ठाउँबाट संलकन गरिएको ५१ र बाराबाट संकलित ४८ जनाको गरी ९९ जनाको स्वाब परिक्षण गर्दा आठ जना पुरुष र पाँच जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।
पर्सामा थपिएका पाँच जना सङ्क्रमित सबै बीरगन्ज महानगरपालिकाका हुन् ।
बीरगन्ज महानगरपालिका वडा नं. २ का १ जना वडा नं. १० का एक जनमाा सङ्क्रमण देखिएको छ । बाँकी तीन जनाको ठेगाना खुल्न बाँकी रहेको छ ।
त्यसैगरी बाराको जीतपुर सिमरा उपमहानगर र बारागढीका बासिन्दामा सङ्क्रमण देखिएको छ ।
जीतपुर सिमराको वडा नं. १ का दुई जना, वडा नं. ३ का दुई जना, वडा नं. १२ का एक जना र वडा खुल्न बाँकी अन्य एक पनि सङ्क्रमित भएका छन् । एक जना भने बारागढी गाउँपालिकाको वडा नं. ४ का बासिन्दा हुन् ।
यस्तै बाँकी एक जना सर्लाहीको कबिलास नगरपालिकाका बासिन्दा रहेका छन् ।
थपिएका सङ्क्रमितहरुको सिटी भ्यालु १८ देखि ३२ सम्म रहेको र उमेर भने २४ देखि ५९ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्