तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ड्युटीमा खटिएका दुई प्रहरी सम्पर्कविहीन

धनगढी – कैलालीमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षकसहित दुइ जना प्रहरी सम्पर्कविहीन भएका छन् ।
धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चाैकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गाेविन्द विक र प्रहरी जवान रामबहादुर साउद सम्पर्कविहीन रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख डिएसपी प्रतिक बिष्टले ड्युटीमा खटिएका दुवै जना गयरातिदेखि सम्पर्कविहीन रहेकाे जानकारी दिनुभयाे ।
प्रहरी चाैकीदेखि तिन किलाेमिटर दुरी नेपाल-भारत सिमाक्षेत्र माेहना नदी नजिक एउटा शव फेला परेपनि पहिचान नखुलेकाे उहाले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button