तनहुँमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

तनहुँ । तनहुँमा थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
जिल्लाको व्यास नगरपालिकामा आठ जना, शुक्लागण्डकी नगरपालिकामा सात जना र भानु नगरपालिकामा एक जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास–२ का ३१, २७, ८, ४८ वर्षीय पुरुष र व्यास–४ का २६, ३७, १५ र ६० वर्षिय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै शुक्लागण्डकी–९ का २८ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का २१ वर्षीय पुरुष र ३५, १२ र ६८ वर्षिया महिला, शुक्लागण्डकी–१० का २७ वर्षीय पुरुष, शुक्लागण्डकी–५ का ४३ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
यस्तै भानु–३ का ५८ वर्षिया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्