कञ्चनपुरमा आजबाट चाडपर्वलक्षित निषेधाज्ञा सुरु
कञ्चनपुर । कञ्चनपुर जिल्लामा आजबाट चाडपर्वलक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना सङ्क्रमणको जोखिम थप बढ्न नदिन निषेधाज्ञा जारी गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले चाडपर्वको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नित्य पूजापाठ बाहेक अन्य कार्य गर्न रोक लगाइएको बताउनुभयो ।
उहाँका अनुसार, यो अवधिमा अनावश्यक रूपमा हिँडडुल नगर्न, मेला, जात्रा तथा सभासमारोह नगर्न, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण र उपभोग नगर्ने निर्देशित गरिएको छ ।
कञ्चनपुर जिल्लामा आजबाट चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप बढ्न नदिन निषेधाज्ञा जारी गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले चाडपर्वको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नित्य पूजापाठ बाहेक अन्य कार्य गर्न रोक लगाइएको बताउनुभयो ।
उहाँका अनुसार, यो अवधिमा अनावश्यक रूपमा हिँडडुल नगर्न, मेला, जात्रा तथा सभासमारोह नगर्न, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण र उपभोग नगर्ने निर्देशित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्