किशोरीमाथि दुर्व्यावहार गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
सप्तरी । आफनै सुमदायकी किशोरी माथि एक समुहले हातपात तथा दुरव्यवहार गरेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धार्ना र बिरोध प्रदर्शन गरिएको छ ।
राजबिराज नगर बाल सञ्जाल तथा नर्सिग हिन्दु सेवा संयुक्त अगुवाईमा मुख्य गेट अगाडि दुई घण्टा धर्ना दिनुको साथै विभिन्न माग राख्दै विरोध प्रदर्शन गरिएको हो ।
दुई दिन अघि बाख्रा चराउन गएकी राजबिराज १ की १४ बर्षीया किशोरीलाई सोही वडाका ४–५ जनाको एक समुहले किशोरी माथि दुर्व्यावहार गर्नेहरु खुलेआम घुमिरहेको र प्रहरीले पक्राउ नगरेको कारण दवाव दिन हामी बिरोधमा उतरिएको नर्सिग हिन्दु सेना नेपालका बिष्णु प्रसाद साहले बताए ।
प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सत्य, तथ्य छानबिन गरिने र दोषी माथि कारवाही दिने आश्वासन दिएपछि धर्ना र विरोध प्रदर्शन दुई घण्टा पश्चात् रोकिएको नगरवाल सञ्जालका अगुवा सौरव यादबले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्