जिल्ला प्रशासन भक्तपुरले आईतबारदेखि अत्यावश्यक बाहेकका सेवा नदिने
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले असोज २ गते आईतबारदेखि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढेको र आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा बन्द गरेको हो ।
प्रशासनले कात्तिक २ गतेदेखि अनिश्चितकालसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
कार्यालयले शान्ति सुरक्षा सम्बन्धी, ठाडो निवेदन र उजुरी सम्बन्धी मुद्दाको सुनुवाई सम्बन्धी र विपद व्यवस्थापन सम्बन्धी बाहेक अरु सेवा बन्द गरिएको जानकारी दिएको छ ।
प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना जारी गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सेवा बन्द गरिएको जानकारी दिनुभएको छ ।
सेवाग्राहीहरुको भीडभाड बढिरहेको र कार्यालयबाटै सेवाग्राहीहरुमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले सेवा बन्द गरिएको सूचनामा जनाईएको छ ।









प्रतिक्रिया राख्नुहोस्