भक्तपुरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।
अस्पताल प्रशासन प्रमुख रुपेश श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा गए राति मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । तीमध्ये १३ महिला र ३४ पुरुष छन् ।








प्रतिक्रिया राख्नुहोस्