अबको यात्रा विकास र समृद्धितर्फः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको बदलिँदो परिस्थिति अनुसार नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औँ प्रहरी दिवसको अवसरमा आज गरेको कार्यक्रममा वोल्नुहुदै उहाँले सङ्घीयताको मर्म अनुसार प्रहरी सङ्गठनले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश न १ मा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा अमन चयन कायम राख्न नेपाल प्रहरीको भुमिका महत्पुर्ण रहेको भन्दै अबको यात्रा सुशासन र विकासको बाटोमा मुलुकलाई अघि बढाउँदै नेपाली जनतामा समृद्धि कायम गर्नु रहेको जोताउनुभयो ।
उहाँले सबै प्रकारका राजनीतिक द्धन्द समाप्त भई सकेकाले अबको लक्ष्य समृद्धि कायम गरेर नेपाली जनताको अनुहारमा खुशि ल्याउनु हो भन्नुभयो । मुख्यमन्त्री राईले कोभिड–१९ सँगको लडाइमा नेपाल प्रहरीले अग्र पङ्क्तिमा रहेर काम गरिरहेको उल्लेख गर्नुभयो । अग्र पङ्क्तिमा रहेर काम गरेकाले कतिपय प्रहरी जवान कोरोना क्रमित भएको र त्यस्तो अवस्थामा पनि आफ्नो दायित्वबाट नेपाल प्रहरी पछाडि नहटेको उहाँले जोताउनुभयो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमंत्री हिकमत कार्कीले शान्ति सुरक्षा सुद्धिढ बनाउन सिम क्षेत्रमा १४ वटा बोर्डर आउट पोस्ट थप गर्नुका साथै प्रदेशमा रहेका प्रहरी कार्यालयमा ५४ वटा नयाँ भवन निमार्ण गरिएको जोताउनुभयो ।
मन्त्री कार्कीले कतिपय अमर प्रहरीका छोराछोरीले आर्थिक अभावमा पढ्न नपाएको गुनासो आइरहेको भन्दै उनीहरूको पठनपाठन तथा पालनपोषणमा सहयोग पु¥याउन प्रहरी कल्याण कोषलाई त्यसतर्फ लक्षित गर्नुपर्ने जोताउनुभयो ।

१ न प्रदेशका प्रहरी कार्यालयका प्रमुख इश्वरवावु कार्कीले शान्ति सुरक्षा कायमसँगै जनताको हरेक समस्या समाधानमा नेपाल प्रहरी क्रियाशील रहेको जोताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घले अमर प्रहरीका परिवारका सदस्यलाई सम्मान गरेको थियो । कार्यक्रम साधनादेवी श्रेष्ठ पराक्रम पुरस्कार यो वर्ष इलाका प्रहरी कार्यालय वसन्तपुरमा कार्यरत प्रहरी निरीक्षक सविना खत्रीलाई सम्मानित गरिएको थियो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
उत्कृष्ट काम गर्ने प्रहरी तथा कर्मचारीहरूलाई कार्यक्रम सम्मानित गरिएको थियो । त्यस्तै गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने प्रहरी कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति स्वरूप १०, १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्