तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम दाङमा एक युवक मृत अवस्थामा फेला

तुलसीपुर । पश्चिम दाङमा एक युवक अवस्थामा फेला परेका छन् ।

हिजो साँझ पाँच बजे घरबाट निस्केका बबई गाउँपालिका–६ खिलतपुर निबासी ३७ बर्षका गणेस केसी सोही ठाउँको फार्टीनाइन चोक नजिकै नालामा आज बिहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button