तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक सकारात्मक भएर बन्द

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक १.२९ अंक बढेर १५६२.४६ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने केही घटेको छ ।

बिहिबार १९६ कम्पनीका १ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका छन् ।

बिहीबार नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा बिहिबार नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भई शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button