भीमदत्त नगरपालिकाले विद्युतीय प्रणालीबाट नक्सा तयार गर्ने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्युतीय प्रणालीबाट नक्सा तयार गर्ने भएको छ । कार्तिक महिना देखि बनाइने नयाँ नक्साहरू विद्युतीय विधिबाट बन्ने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनुभएको छ ।
यस अघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृत गर्दै आएको थियो । नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाले सेवाग्राहीबाट आवेदन प्राप्त भए अनुसार कागज रहित नक्सा पास गर्ने भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर दिपेन्द्र प्रसाद जोशीले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्