तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरबाट खसेका सहचालकको मृत्यु

स्याङ्जा । ट्याक्टरबाट खसेका सहचालकको मृत्यु भएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–६ कोटघरका २१ वर्षीय कुलबहादुर सिंजापतिको उपचारको क्रममा पाल्पास्थित यूनाईटेड मिसन अस्पतालमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

जैपतेबाट कोटघरतर्फ ढुंगा लिएर जाँदै गरेको लु४त ५६६ नम्बरको ट्याक्टरबाट खसेका सिंजापतिलाई उपचारको लागि मिसन अस्पताल लगिएको थियो ।

ट्याक्टरबाट खसेका सिंजापति सोही ट्याक्टरले किचेर घाइते भएका प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

ट्याक्टर चालक कालीगण्डकी–६ का २२ वर्षीय शिव सोमै र ट्याक्टर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको प्रवक्ता अधिकारीले बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button