तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ६४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप ६४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा विरामी निको हुने दर ७६.८६ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ६५ जना छन् । बाँकेमा हालसम्म २ हजार ५ सय ५४ जनामा कोरोना पुष्टि हुँदा २७ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button