बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

नेपालगञ्ज। बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको गएराति १० बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज १० गते भेरी अस्पताल भर्ना भएका उनमा असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनको दुबै फोक्सोमा निमोनिया भएको थियोे । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।






प्रतिक्रिया राख्नुहोस्