कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ
बारा । ३० वर्षदेखि फरार कर्तव्य ज्यान मुद्धाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०४४ साल भदौ १२ गते दिउँसो ४ बजे साविक गाउँ पञ्चायत गोलागञ्ज ४ बस्ने जयमंगल प्रसाद कोइरीलाई हत्या गरी फरार रहेका श्यामकिशोर प्रसाद कुशवाहालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतको २०४७ साल असोज २८ गतेको फैसलाले आदेशले १० वर्ष कैद ठहर गरेपछि प्रतिवादी कुशवाहा फरार थिए ।
अदालतको आदेशबमोजिम पक्राउ परेका कुशवाहालाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्