तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा आजदेखि नियमित हवाइ सेवा सुरु 

बझाङ । बझाङमा आजबाट नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश बर्ष भन्दा बढी समय बन्द रहेको बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलो पटक जहाज आएको हो ।

मंगलबार समिट एयरले धनगढीबाट १८ जना यात्रु लिएर बझाङ पुगेको थियो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवादिने भएको छ ।

लामो समयपछि बझाङमा हवाई सेवा सञ्चालनमा आएपछि बझाङबासी उत्साहित भएका छन् । धनगढी बझाङको बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखीमपुर्ण यात्रा गर्नुपर्ने भएकोले हवाई यात्रा गर्दा खुशी भएको धनगढीबाट बझाङ पुगेका यात्रु प्रकाश सिहं बताए ।

धनगढी–बझाङको भाडादर ५ हजार ४८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button