तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेका गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सिमकोट – ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् ।

धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट बमबहादुर थापाले जानकारी दिनुभयो ।

पाँचदिनदेखि टेलिफोन सेवाले काम नगर्दा स्थानीय सञ्चारबाट बन्चित हुनाका साथै टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न वञ्चित भएका छन ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button