लुम्बिनी प्रदेश उपसभामुख थारुमा कोरोना सङ्क्रमण
रुपन्देही । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत आइतबार कोरोना परीक्षण गरिएकोमा उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।
उपसभामुख थारुले आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गर्नुभएको छ । उहाँमा कोरोना लक्षण भने केही नभएको उपसभामुख सचिवालयले जनाएको छ ।
यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सांसदहरु दधिराम आचार्य, डिल्ली चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्