कोभिड १९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु
सुनसरी । प्रदेश १ सरकारद्वारा सञ्चालित कोशी कोभिड १९ उपचार केन्द्र विराटनगरमा प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ ।
कोरोना भाईरसका कडा बिरामीका लागि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो ।
सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गर्नुभएको छ । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको जनाएको छ ।
अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरी ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्