११ लाख २२ हजार मुल्य बराबरको तस्करीको सामान बरामद
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली ल्याउदै गरेको खाधान्न, हार्ड वेयर तथा लत्ताकपडा गरी झण्डै ११ लाख २२ हजार ६ सय ५ रुपैया बराबरको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सिमा क्षेत्रमा खटिएका प्रहरी इकाईहरुले भन्सार छलेर भारत लैजान लागेको केराउ तथा भारतबाट नेपाल तर्फ ल्याउन लागिएको हार्डवेयरका सामान, इलेक्ट्रोनिक सामान र भारतीय कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।
बरामद गरिएको सामान आजै थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पन्तले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्