तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा जनप्रतिनिधि सहित थप ३ जनामा कोरोना पुष्टी

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा वडा सदस्य सहित थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दुई महिला र एक पुरुष गरी तीन जना संक्रमित भएका हुन ।

असोज २२ गते ३२ जनाको स्वाब संकलन गरेको मध्ये २४ जनाको रिर्पोट आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । प्रमुख सुवेदीका अनुसार रिर्पोट आएको मध्ये ४० वर्षीय पुरुष र २० र २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बेलका नगरपालिका ९ का ४० वर्षीय पुरुष वडा सदस्य हुन् । यस्तै २० वर्षीय युवती उपमेयरका सहयोगी हुन् । यस्तै २४ वर्षीय महिला शहरी स्वास्थ्य क्लिनिक आम्बासीमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमति हुन् । श्रीमानको कन्ट्राक्ट ट्रेसिङको आधारमा उनी संक्रमण पुष्टी भएकी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button