चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागु

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले चाडपर्वका समय हुन सक्ने चोरी, लुटपाट, यौनजन्य हिंसा, तस्करी, कालोवजारी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण, कोभिड १९ सङ्क्रमणको जोखिम कम गर्ने जस्ता कार्यलाई विशेष सुरक्षा योजनाको प्राथमिकतामा राखिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर वहादुर थापा क्षेत्रीले चाडपर्व दशै, तिहार, लक्षित बिशेष सुरक्षा योजना अन्तर्गत ठुलो संख्यामा प्रहरी कर्मचारी परिचालनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन गस्ती टोली, सादा पोशाकामा प्रहरी खटनपटन तथा यात्रुहरुको सहजताका लागी राजमार्गका ठाउ ठाउमा हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्