तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा पटाका बरामद गरी नष्ट


सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालीका वार्ड नम्बर १ बाट पटाका बरामद गरी नष्ट गरेको छ ।

भारतीय बजारबाट चोरबाटो हुँदै नेपाल भित्राइएको भुटाहाबाट ४७ हजार बराबरको विभिन्न प्रकारका भुटाहा बेस् क्याम्पबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर रुपक नापित नेतृत्वको टोलीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो ।

बरामद गरिएको पटाका स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी लगायतको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button