प्रदेशसभा सदस्य र उपमेयरलाई कोरोना संक्रमण

नेपालगञ्ज । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरी र नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा उहाँहरुलाई कोरोना देखिएको हो ।
सुगरको मात्रा बढेपछि भेरी अस्पतालमा भर्ना हुनुभएका प्रदेशसभा सदस्य चौधरीलाई निमोनिया पनि देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
त्यस्तै रुघाखोकी लागेर घाँटी दुख्ने समस्या भएपछि स्वाब दिनुभएकी उपमेयर थापा मगरलाई पनि आजै कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्