तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उपभोक्ता महिलाहरूलाई कपडा बुन्ने तान वितरण

सुनसरी । प्रदेश १ मोरङको बेलबारी ८ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय उपभोक्ता महिलाहरूलाई हाते कपडा बुन्ने तान वितरण गरेको छ । स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तान वितरण गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सोमबार २० जना महिला उपभोक्ताहरूलाई कपडा बुन्ने हाते तान हस्तान्तरण गर्नुभयो ।
तान हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुवेदीले गरिबी निवारणका लागि सामुदायिक वनहरूको भूमिका महत्त्वपूर्ण हुने र सिपलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरको बाटोमा अघि बढ्न वितरित मेसिन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिले प्रत्येक वर्ष महिलाहरूलाई व्यावसायिक बनाउन विभिन्न तालिम र आवश्यक औजारहरू वितरण गर्दै आएको समूहका अध्यक्ष समरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button