निजगढ नगरपालिका क्षेत्रबाट ५६ क्युफिट चिरानको काठ बरामद
बारा । डिभिजन वन कार्यालय बाराले निजगढ नगरपालिका क्षेत्रबाट ५६ क्युफिट चिरानको काठ बरामद गरेको छ ।
विशेष सुचनाको अधारमा प्रहरी र वन गस्ती सहितको टोलीले करिब ३६ क्युफिट काठ कछडिया टोलबाट र २० क्युफिट काठ रामनगरबाट बरामद गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।
वन क्षेत्रबाट काठ चोरी तस्करी गरी ल्याएर चिरान गरिएको अवस्थामा टोलीले बरामद गरेको थियो ।
तस्करहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्