आइपिएलमा सट्टेबाजी खेलाउने ७ जना पक्राउ
काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा सट्टेबाजी खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीले सट्टेबाजी खेलाएको आरोपमा आइतबार ६ जनालाई पक्राउ गरेको हो । त्यसमध्ये तीन जना भारतीय रहेको प्रहरीले बताएको छ ।
सोमबार पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भइ कमलपोखरीको कोनार्क इन होटलमा बस्दै आएका कुलदीप शरण, सन्जीव शरण र कानपुर घर भई कुलेश्वर बस्दै आएका अजय गौतम छन् ।
त्यस्तै सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरे, कुलेश्वरका उत्तम सापकोटा र सोल्टीमोडका अनिलकुमार बंसल छन् । पक्राउ परेकाहरूमाथि सोधपुछ गरी सोमबार नविन जैनलाई पनि पक्राउ गरेको हो । पुलिसका अनुसार सट्टेबाजीको अपरेसन भारतबाट भएको र पक्राउ पर्नेहरु एजेन्टहरू हुन् ।
भारत बसेर सट्टेबाजी खेलाउने ओम सरह भन्ने व्यक्ति रहेको बताइएको छ । नेपालमा बसेर सट्टेबाजी खेलाउने मुख्य व्यक्ति कुलदीप शरणले डार्क वेबुको प्रयोग गरेको खुलको छ । उनले अरूलाई पासवोर्ड र युजरनेम दिइ डार्क बेवमा प्रवेश गरी सट्टेबाजी खेलाउने गरेको बताइएको छ ।
त्यस्तै यहाँ लगानी गरी उठेको पैसा सबै भारत पठाउने गरेका थिए । उनीहरूले आइपिएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, लगायतमा पनि सट्टबाजी खेलाउने गरेका थिए ।
उनीहरूबाट मोबाइल, मोटरसाइकल, स्कुटर र एक लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ ।








प्रतिक्रिया राख्नुहोस्