तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीया नगरपालिकाको बजेट साँढे ३ महिनापछि पास

वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाको चौथो नगर परिषदले झण्डै साँढे ३ महिना पछि आज बजेट पास गरेको छ ।

असार १० गते ५० करोड ७५ लाख ३५ हजार ३ सय ३७ रुपैयाको बजेट प्रस्ताव गरेको थियो ।

बजेट पास नहुँदा लामो समयदेखि शिक्षा, स्वास्थ्य, सँगै नगरपालिकाको कर्मचारीको समेत तलब रोकिएको अवस्थामा विना एजेण्डा आज बजेट पारित भएको छ ।

नगरपालिकाको सम्पन्न बोर्ड बैठकले बजेटको अभावमा हाल नगरपालिकामा उत्पन्न समस्या निराकरण गर्न सन्तुलित रुपमा गत वर्षका अधुरा योजनालाई पूर्णता दिने गरी बजेट पारित गरिएको पोखरीया नगरपालिकाका प्रमुख दिप नारायण रौनियारले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button