तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाटा निकुञ्जमा सिमसार क्षेत्रको सरसफाई अभियान सुरु

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका सिमसार क्षेत्रहरुको सरसफाई अभियान सुरु गरिएको छ ।

सेनाको देवीदल गणको नेतृत्वमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र एन.टि.एन .सि को सहकार्यमा निकुञ्ज क्षेत्रमा रहेका विभिन्न ताल पोखरिहरु सरसफाई गर्ने अभियानमा आज स्वामी ताल सरसफाई गरिएको छ ।

यसरी यस अभियान अन्तर्गत बाबा ताल, लक्ष्मणी ताल, बथनिया ताल र अन्य तालहरु समेत सरसफाई गर्ने योजना रहेको सहायक संरक्षण अधिकृत रविन चौधरीले वताउनु भएको छ ।

तालहरुमा जलकुम्भी लगायतका झारपातहरु उम्रियर वन्यजन्तुलाई पानी पिउन समस्या हुन थालेपछि ताल सरसफाईको अभियान सुरु गरिएको चौधरीले जानकारी दिनुभयो ।

उहाँले ताल सरसफाई गर्दा वन्यजन्तुलाई पानी खान सहज हुने, पर्यटन गतिविधिलाई प्रोत्साहन हुने र जलचर प्रजातीको संरक्षण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button