तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लगाएर माछा मार्न खोज्दा झापामा एक युवकको मृत्यु

भद्रपुर, झापा । करेन्ट लगाएर माछा मार्न खोज्दा झापामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पाँचथरको फिदिम घर भई झापाको विर्तामोडस्थित सानीआमाको घरमा पाहुना आएका बेला घर नजिकैको नालामा करेन्ट लगाएर माछा मार्दा २४ वर्षीय शिव तुम्वाहाम्फेको मृत्यु भएको र उनीसँगै माछा मार्ने हरिप्रसाद रिमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतवार साँझ ६ बजेतिर उनी साथीको लहैलहैमा लागेर माछा मार्न गएका थिए । पानीमा करेन्ट लगाएको अवस्थामा उनी र उनका साथी रिमाललाई अचानक करेन्टको झट्का लागेको थियो ।

तुम्वाहाम्फेको घटनास्थलमै मृत्यु भएको र साथी रिमालको बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button