कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १६ बर्षपछि पक्राउ

तुलसीपुर । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका दाङको तुलसीपुरका एक अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर ११ कटाहा बस्ने ५१ बर्षीय टेकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उनी विरुद्ध कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालतले २०६१ चैत २९ गतेको फैसलामा दोषी ठहर गदै १० बर्ष कैद सजाय तोकेको थियो ।
सोही मितिदेखि फरार भएका खत्रीलाई प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–३ स्थित रोल्पा सिमेन्ट प्रालि बुढागाउँबाट गएको शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभएको छ । पक्राउ परेका खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्