तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा विपद् तथा जलवायु परिवर्तन उत्थानशील योजना सम्बन्धमा छलफल

No description available.

कपिलबस्तु । जिल्लाको यशोधरा गाउँपालिकास्तरीय बिपद् ब्यस्थापन समितिले बिपद् तथा जलवायु परिवर्तन उत्थानशिल योजना सम्बन्धमा छलफल गरेको छ ।

कार्यक्रममा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेशकुमार पाण्डेयले जलवायु परिवर्तन बिश्वकै लागि एउटा चुनौति बन्दै गएकाले बिपद्बाट हुने जोखिमको न्यूनीकराण तथा जलवायू परिवर्तनको असरबाट बच्न तीनै तहको सरकार र सरोकारवाला सबै हातेमालो गरी अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो ।

यशोधरा गाउँपालिका ,युनाइटेड मिसन टु नेपाल (यूएमएन) र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा गाउँपालिकाको स्थानीय बिपद् तथा जलवायु परिवर्तन उत्थानशिल योजना तयार गरिएको र यसबाट आगामी दिनमा अगाडी बढ्न सघाउ पुग्ने दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरण रैदाशले बताउनुभयो ।

No description available.

कार्यक्रममा दलित सामाजिक बिकास केन्द्रका रमेश कुर्मी, सुमन न्यौपाने, बिजय ठकुरी, संस्थाका उपाध्यक्ष सजय कोरीलगायतले सहजीकरण गर्नुभएको थियो ।

छलफलमा गाउँपालिकाका आठ वटै वडाका वडा अध्यक्षसहित गाउँपालिकाका सबै शाखाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो

यूनाइटेड मिसन टु नेपाल र दलित सामाजिक बिकास केन्दको संयुक्त साझेदारीमा यशोधरामा जीविकोपार्जन तथा वातावरण सुधारद्वारा समुदायको उत्थानशील सवलीकरण परियोजना सञ्चालनमा रहेको छ ।

No description available.

यस कार्यक्रमबाट वडाहरुमा पशु बिकास, सिञ्चाई, पोखरी सुधार, महिला, दलित तथा पछाड परेका समुदायको सशक्तिकरणमार्फत बिभिन्न आयआर्जनका कार्यक्रमसँगै उत्प्रेरणा प्रदान गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन हुदँै आएका छन् ।

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button