तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार गाउँलेलाई मातृशोक

काठमाडौँ- नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ ।उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button