बाँकेमा थप ३८ जना डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज थप ३८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ७६.८० प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ३२ जना छन् । बाँकेमा हालसम्म २ हजार ४ सय ५ जनामा कोरोना पुष्टि हुँदा २६ जनाको भने मृत्युु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्