तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु

सुनसरी । कोशी लोकमार्ग अन्तर्गत सुनसरीको सोनापुरमा सवारी दुर्घटनामा परी आज एकजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहाल रहेको इलाका प्रहरी कार्यालय दुहबीका इन्चार्ज घनेन्द्र खजुमले बताए ।

उनका अनुसार आज दिउँसो ४ बजे को १७ प ६९८१ नम्बरको मोटरसाइकलमा विराटनगरबाट इटहरी तर्फ आउने क्रममा मे १ ख २४९८ नम्बरको ट्याङ्करले ठक्कर दिँदा दाहालको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना गराउने ट्याङ्कर र चालक इप्रका दुहबीको नियन्त्रणमा रहेको खजुमले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button