तपाईँ सुन्दै हुनुहुन्छः

राखेपद्वारा खेलाडी बिमाको कार्यविधि बनाउन समिति गठन

file photo

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडी बिमाको कार्यविधि बनाउन समिति गठन गरेको छ ।

राखेपले बोर्ड सदस्य इन्दिरा निरौलाको संयोजकत्वमा खेलाडी बिमा र खेलाडी परिचय पत्र व्यवस्थापनका लागि कार्यविधि बनाउन ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई सरोकारवाला निकायसंग छलफल गरेर खेलाडी बिमा र परिचय पत्र व्यवस्थापनको कार्यविधि बनाउन जिम्मेवारी दिईएको छ । निरौला संयोजकत्वको समितिमा डेमबहादुर बस्नेत, इन्द्रबहादुर कार्की, रिखीराम पोखरेल र दिपक श्रेष्ठ सदस्य रहेका छन् । बस्नेत, कार्की र पोखरेल परिषद्का विभागीय प्रमुख हुन् भने श्रेष्ठलाई खेलाडीको प्रतिनिधिको रुपमा समितिमा राखिएको छ ।

समितिले देशको प्रतिनिधित्व गरी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका र राखेपले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको जीवन बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमाको कार्यविधि बनाउनेछ ।

समितिले खेलाडीको सहुलियतका लागि परिचयपत्र समेत व्यवस्थापन गर्नका लागि सरोकारवालासँग आवश्यक समन्वयपश्चात् कार्यविधि तयार गरी परिषद् समक्ष पेश गर्नेछ । समिति संयोजक निरौलाले चोट र दुर्घटनाका कारण धेरै खेलाडीले समस्या भोग्नुपरेको उल्लेख गर्दै खेलाडी बिमाको प्रक्रिया अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button