सुदूरपश्चिममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
धनगढी – सुदूरपश्चिम प्रदेशमा प्रहरीले आजदेखि चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागु गरेकाे छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वका समय हुन सक्ने चाेरी, लुटपाट, याैनजन्य हिंसा, तस्करी, कालाेवजारी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण एवं सिमानाका- वित्तिय क्षेत्रकाे सुरक्षा एंव काेभिड-१९ सङ्क्रमणकाे जाेखिम कम गर्ने जस्ता कार्यलाई विशेष सुरक्षा योजनाकाे प्राथमिकतामा राखिएकाे जनाएकाे छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक मुकेश कुमार सिंहले चाडपर्व ( दशै, तिहार, छठ) लक्षित बिशेष सुरक्षा याेजना अन्तर्गत प्रदेशभर ५ हजार ५० जना प्रहरी कर्मचारी परिचालनकाे ब्यवस्था गरिएकाे जानकारी दिनुभयाे ।
उहाले सुरक्षा ब्यवस्थालाई थप सुदृण बनाउन गस्ती टाेली, सादा पाेशाकामा प्रहरी खटनपटन तथा यात्रुहरुकाे सहजताका लागी ४० ठाउमा हेल्प हेस्क स्थापना गरिएकाे बताउनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्