बाणिज्य बैंकका १३ कर्मचारीसहित सप्तरीमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि

राजविराज । राजविराजस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकका १३ जना कर्मचारीसहित सप्तरीमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार बैकका १३ जना कर्मचारी, रुपनी गाउँपालिकाका ११ जना र राजविराज नगरपालिकाका एक जना गरी २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोे हो ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा राजविराजमा कार्यरत राजविराज नगरपालिका वार्ड नम्बर १ का २३ वर्षीया महिला, सोही वार्डका उमेर नखुलेका पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, उमेर उल्लेख नभएको महिला, डाक्नेश्वरी नगरपालिका–९ का १२ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–७ का २२ वर्षीय पुरुष, रुपनी गाउँपालिका–६ का ३८ वर्षीय पुरुष, मोरग जिल्लाका ३१ वर्षीय पुरुष, र उदयपुर जिल्लाका ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पाइएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमूख दुनियालाल यादवले जानकारी दिनुभयो ।
त्यस्तै, रुपनी गाउँपालिका वार्ड नम्बर १ का ३१ वर्षीया महिला, ४६ वर्षीय पुरुष, ४३ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २४ वर्षीया महिला, ४० वर्षीया महिला, ३० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, वार्ड नम्बर ४ का २४ वर्षीय पुरुष, ४७ वर्षीय पुरुष, छ वर्षीया महिला र राजविराज नगरपालिका वार्ड नम्बर ७ का ३८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटिएको उहाँले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा कूल सङ्क्रमितको संख्या एक हजार तीन सय ८७ पुगेको छ भने एक हजार एक सय १२ जना निको भएर घर फर्किसकेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्