तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो जीवनका भोगाइ व्यक्त गर्दै २५० किशोर किशोरीद्वारा कला सृजना

काठमाडौं । अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोर किशोरीहरुलाई आफ्ना समस्या र मुद्धालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ ।

सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी दुई सय १४ किशोरीसहित दुई सय ५० जना किशोर किशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागीता जनाएका छन् । उनीहरुले शव्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजिअल आर्ट तयार पार्नेछन् ।

कार्यक्रममा १८ वर्षमुनिका किशोर किशोरीलाई कविता, कथा वाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो ।

यो कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरुको आवाज र चासोका बिषयलाई नीति निर्मातासम्म पुर्याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले “हाम्रो विश्वव्यापी अभियानको अङ्गको रुपमा हामीले युवा जमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि यो कार्यक्रम आयोजना गरेका बताउनुभयो उहाँले किशोर किशोरीहरुको आवाजले बाल बालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयनका लागि स्मरण गराउने विस्वास व्यक्त गनुभयो ।

आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो । यो वर्ष कोभिड–१९को महामारीका कारण प्लान इन्टरनेशनलले “कालो १०१” नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी मकवानपुरकी रोजिना अधिकारीले कोभिड–१९ को समयमा अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसर मिलेको थिएन, आर्ट इज पावरमा सहभागी भएर कलाको माध्यमबाट आफ्ना भावना व्यक्त गर्न तरिका सिक्न पाउँदा निकै खुशी लागेको बताइन ।

पाँच जना क्यानभास कलाकारसहित ११ जना कलाकारले किशोर किशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाउनुभएको थियो ।

सिन्धुलीका लागि भर्चुअल सेसन सञ्चालन गरेकी कलाकार शुभाङ्गी खड्काले प्रशिक्षण कार्यक्रम कथा लेखन र कथा वाचनको महत्वबारे केन्द्रित भएको बताउनुभयो । उहाले यसमा सिकाइएका बिषय वस्तुबाट सहभागीलाई परिवार र समाजमा विद्यमान शक्ति संरचनाबारे सोच्न र लेख्न सहयोग पुगेको बताउनुभयो ।

किशोर किशोरीले तयार पारेको कलाहरुलाई आगामी नोभेम्वर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button