तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा ६२ जना कोरोना सङक्रमित थपिएका

गण्डकी –  गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार सात सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button